१५ काराेबार दिनपछि दाेहाेराे अङ्कले बढ्याे नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा

काठमाडौं, २५ बैशाख : हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ४९ अङ्कले बढेर २ हजार ७४५ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो ।

यसअघि वैशाख २ गते नेप्से ३३ अङ्कले बढेको थियो । आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ । आज फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २३५ वटा कम्पनीको शेयर बढेकोमा २६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि