भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो

काठमाडौं, ३१ बैशाख : भारतको उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ ।

तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन् । अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको हो । आँधीका कारण मानिसका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ । आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ । मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा