काठमाडौं, १ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो ।
पञ्जावले दिएको २०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । मुम्बईको जीतमा तिलक बर्माले अविजित रहँदै ३३ बलमा ७५ रन बनाए । आईपीएल क्रिकेटमा लगातारको ६ जीतपछि करिब ३ हप्तासम्म शीर्षस्थानमा रहेको पञ्जावले लय गुमाएको हो ।
त्यसपछि लगातार ५ खेल हारिसकेको छ । अङ्क तालिकामा पञ्जाव १२ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्गस खेल्दैछन् ।





