मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

काठमाडौं, १ जेष्ठ :  गए राति  देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ । सिन्धुली, काठमाण्डौ, हेटौँडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा