काठमाडौं, १ जेष्ठ : लगातार तीन दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ७७ अङ्कले बढेर २ हजार ७३१ दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक अन्य समूहको सूचक सामान्य बढेको छ । आज १२७ वटा कम्पनीको शेयर बढेकोमा १२० वटाको घटेको छ ।
यस्तै २२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज नबिल बैंकको डिबेन्चर (२०८९) ७ दशमलव ७१ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन युनियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै १४ दशमलव ७९ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका ७९ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।





