भीमनगर माध्यमिक विद्यालयमा बालीविज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्रमा भर्ना खुल्यो

चितवन, २ जेष्ठ : पश्चिम चितवनको भरतपुर २० मा रहेको भीमनगर माध्यमिक विद्यालयमा बालीविज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्रमा कक्षा ११ का लागि भर्ना खुलेकाे छ ।

पश्चिम चितवनको एकमात्र कृषि प्राविधिक विद्यालय भीमनगरमा शौक्षिक सत्र २०८३ को लागि ९४ जना विद्यार्थीले नयाँ भर्ना गरेको विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेले बताए । “भर्ना हुने क्रम जारी छ ” उनले भने, “माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) पास भएका विद्यार्थीका लागि बालीविज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्रमा धमाधम भर्ना शुरु भएको छ ।”

अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको मेहनतबाट विद्यार्थी क्षमता विकासका लागि विभिन्न शौक्षिक कार्ययोजनाका साथ विद्यालयले काम गर्ने विद्यालयका प्रधानाध्यापक कोमलनाथ घिमिरेले बताए । उनले भने, “हामीले विद्यालयलाई अझै राम्रो नतिजा दिने गरि काम गर्नुछ । सबै शिक्षक साथीहरूको चिन्ता नै यहीँ विषयमा छ ।” विद्यालय माध्यमिक शिक्षा परीक्षाको (एस.ई.ई) नतिजामा जिल्लाभरिमा ३१ ओैं स्थानमा छ । विद्यालयले एस.ई.ई परिक्षामा ५५.१७ प्रतिशतले नतिजा ल्याएको छ ।

 

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा