आज सबैजसो प्रदेशमा वर्षा र बदली : कोशी र मधेशमा हावाहुरीको सम्भावना

काठमाडौं, ३ जेष्ठ : आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना छ । साथै कोशी र मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँ तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक÷दुई ठाउँमा पनि मेघगर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ ।

मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान र गए राति गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको थियो ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा