युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

काठमाडौं, १२ जेष्ठ : रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्‍याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो । रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो ।

रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको ज्यान जानुकासाथै धेरै जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो । रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने