हङकङलाई हराउँदै नेपालले जित्याे एशियाली खेलकुद छनोटको उपाधि

काठमाडौं, २५ जेष्ठ : हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो । नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाए । हङकङका आयुष शुक्ला र एहसान खानले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।

हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए । यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हरायो ।

यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस