सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

काठमाडौं, २७ जेष्ठ : आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो