चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया

काठमाडौं, २६ जेष्ठ : चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । अस्पतालका ‘इन्टरभेन्शनल रेडियोलोजिस्ट’ डा. विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा. डा. अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो ।

डा. साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि तीन दिनअघि अस्पताल आएकी थिइन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो । कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा. साहले चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्शनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो ।

एक हजारमा एक जनालाई यस्ताे समस्या देखिन्छ । डा. साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । चिरफार नगरी धेरै शल्यक्रिया भएका भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डा. साहले बताउनुभयाे । -रासस

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय