आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं, १० कात्तिक : आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि पहिलो कारोबार दिन अस्ति आइतबार सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको ३ हजार ९९५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ३ हजार ९७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने