विराटनगरलाई ८ रनले पराजित गर्दै चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं, १० कात्तिक : कमल ऐरीको उत्कृष्ट बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। एक समय १३२/४ को बलियो स्थितिमा रहेको विराटनगरले अन्तिम ६ विकेट १७ रन जोड्दा गुमाएको थियो।

चितवनका कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले २ तथा टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले १–१ विकेट लिए। विराटनगरका इमरान शेखले सर्वाधिक ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। रसेल आउट भएपछि विराटनगरको ब्याटिङ धर्मराएको थियो।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। ओपनर डेविड मलानले ७० रन बनाउँदा कप्तान रवि बोपारा ३२ र ड्यान मौस्ले २९ रनमा अविजित रहे। विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १–१ विकेट लिए।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस