एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं, ११ कात्तिक : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

जारी सिजनमा पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। एनपीएलमा हिजो भएका खेलमा कर्णाली याक्स र चितवन राइनोजले विजयी सुरुवात गरेका छन्।

कर्णालीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दा चितवनले विराटनगर किङ्सलाई ८ रनले हराएको थियो।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस