जापानमा बाढी र पहिरोमा परी १५ को मृत्यु,नौ बेपता, लाखौ विस्थापित

जापान, २१ असार :
जापानमा भारी बर्षापछी आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । नौ जना हराइरहेका छन् । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ ।

यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै सबै नागरिकहरुलाई सचेत रहन अपील गर्नुभएको छ ।

बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् । सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ ।

जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी जारी राखेको छ । बिजुली आपूर्ती बन्द हुँदा जापानका अधिकांश शहर अन्धरकारमय भएको छ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक