दुग्ध विकास संस्थानको उपहार योजना

काठमाडौँ, २ साउन :

दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो ।

याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद गरेमा १०० मिलिलिटर आइसक्रिम, एक लिटर घिउ खरीदमा ५०० मिलिलिटर पोली दही, ५०० मिलिलिटर घिउ खरीदमा १०० मिलिलिटर दही, एक केजी नौनी खरीदमा ५०० मिलिलिटर दही र ५०० मिलिलिटर कञ्चन चिज खरीदमा १०० मिलिलिटर आइसक्रिम उपहार दिने भएको छ ।

संस्थानले ४४ जिल्लामा एक हजार दुई २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करीब दुई लाख किसानको संलग्नतामा दूध सङ्कलन गर्दै आएको छ । (रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा