वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी

काठमाडौं, ६ साउन :
वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट म्याच इंग्ल्यान्डले जितेको छ । ओल्ड ट्राफोर्डमा हिजो सम्पन्न टेष्ट म्याचमा घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो । दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ ।

पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो । अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ । दोस्रो टेष्टमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको चुनौति पछ्याएको वेष्ट इन्डिज १ सय ९८ रनमा अलआउट भयो ।

वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिंदै जितको आधार तयार पारे । यसअघि पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ८२ रनको अग्रता लिएपछि पाहुना टोली वेष्ट इंडीज सुरुदेखि नैं दबाबमा परेको थियो ।एजेन्सी

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा