पत्रकार एमं लेखक रिजाललाई रेडियो त्रिवेणीद्वारा सम्मान

गिता घिमिरे-

भरतपुर, १६ साउन :

लकडाउन डायरीको रुपमा बजारमा आएको कृति एकान्तवासका लेखक बिनोद बाबु रिजाललाई रेडियो त्रिवेणीले सम्मान गरेको छ । आज (शुक्रबार) एक कार्यक्रमका बिच रेडियो त्रिवेणी १००.६ मेगाहर्जका अध्यक्ष तेज नारायण खरेलले कदर पत्र सहित सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खरेलले एकान्तवास कृतिले पाठकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । ” पत्रकार बिनोद बाबु हाम्रो संस्थापक समाचार प्रमुख समेत हुनुहुन्छ, उहाँले भन्नुभयो, रेडियो कै परिवारको सदस्यले कृति निकाल्दा निकै खुसी लागेको छ ।”

कार्यक्रममा बोल्दै रेडियोका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले कृति एकान्तवास पछिका लागि दस्तावेज बन्ने बताउनुभयो । “लकडाउन हामीले महशुस गरौं । कठिनाई हामीले भोग्नु पर्यो , उहाँले भन्नुभयो, हामीलाई केही जस्तो नलागे पनि आउने पुस्तालाई अविस्मरणीय क्षण हुन सक्छ ।” साथै प्रबन्ध निर्देशक अधिकारीले सफलताको कामना समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै लेखक बिनोदबाबु रिजालले परिवारको सदस्य ठानि व्यक्त गरेको सम्मानले आँफु भावुक भएको बताउनुभयो । रेडियोमा काम गर्दा समाचारमा त्रिवेणी अरुभन्दा अगाडि रहेको भन्दै आगामी दिनहरु समेत सहकार्य गरि काम गर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो त्रिवेणीका निर्देशक प्रकाश पौडेल, संचारकर्मी लेखराम सापकोटा लगायतको उपस्थिति रहेको थियो । रेडियोका स्टेशन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई समाचार शाखा प्रमुख हेमराज रिमालले सहजिकारण गर्नुभएको थियो । कार्यक्रम रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस