प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि

नयाँ दिल्ली, ४ भदौ :

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उहाँको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको हो ।

प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटर अकाउन्टमार्फत उहाँलाई श्रद्धाञ्जलि दिनुभएको भारतीय मिडियाले जनाएका छन् ।सन् १९४४ अगष्ट २० मा जन्मिनुभएका भारतीय काँग्रेस पार्टीका नेता राजिव गान्धी सन् १९८४ मा भारतको प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँ भारतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । सन् १९९१ को मेमा उहाँको हत्या भएको थियो । उहाँलाई आज भारतीय काँग्रेसले पनि स्मरण गरेको बताइएको छ । (रासस-एएनआई)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा