बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

ढाका, २० भदौ :

बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् ।  नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । विरामीको उपचारमा सम्लग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका बताउनुभयो ।

डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो । अधिकारीहरुले ग्यास चुहावटको कारण भुईँ तलामा रहेका एयर कन्डीसनरमा आगलागी भएपछि मस्जिदको अन्यभागमा उक्त आगो फैलिएको बताइएको छ । घटना भएको बेला मस्जिदमा झण्डै एक सय भक्तजनहरु प्रार्थनाका लागि उपस्थित रहेका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षास्रोतले बताएको छ । (रासस÷एएफपी)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी