कोरोना महामारीः विश्वमा २ करोड ७९ लाख संक्रमित, ९ लाख बढीको मृत्यु, २ करोड बढी कोरोना मुक्त

काठमाडौं २५ भदौ : 

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७९ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । अमेरिकामा ६५ लाख ४८ हजार संक्रमित रहेका छन् । जसमध्ये ३८ लाख बढी कोरोना मुक्त भएका छन् भने १ लाख ९५ हजारको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा अहिलेसम्म ४४ लाख संक्रमित रहेकोमा ३४ लाख कोरोना मुक्त भएका छन् भने ७५ हजारको मृत्यु भएको छ । ब्रजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ९९ हजार छ भने ३४ लाख कोरोना मुक्त हुँदा १ लाख २८ हजारको मृत्यु भएको छ । एजेन्सी

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा