चितवन लगायत धेरै स्थानमा बिहानैदेखी वर्षा : भोलीसम्म नै बदली हुने

गीता घिमिरे
भरतपुर, बैशाख २९ ।

आज बिहानैदेखी चितवन लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ र २ मा समेत वर्षा भइरहेको छ । जल तथा मौसम बिज्ञान विभागले दिएको जानकारी अनुसार मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीका साथै बाङ्गालको खाडिबाट प्रवाहहुने जलवाष्पयुक्त हावाको प्रभाबका कारण पानी परेको हो । पहाडी भुभागमा समेत अहिले फाटफुट वर्षा भइरहेको छ ।

आज साझ पनि मौसम सफा नहुने र यो क्रम बिहिवार सम्म नै जारी रहने बिभागले जनाएको हो । कोरोना कहरसंगै जारी निषेधाज्ञाका बिच वर्षात भएपछी जरुरी काम परि बाहिर निस्किएका सर्बसाधारणहरु प्रभावित भएका छ्न । यता खेती लगाउने समय शुरु हुनै लाग्दा पानी परेपछी किसानहरु खुसी छ्न ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस