नवलपुर काङ्ग्रेसका नेता रिजाल नागरिक पार्टी प्रवेश, अबको बैकल्पिक शक्ति हामी हौ : अध्यक्ष गुरुङ्ग

भरतपुर, ०५ साउन ।
राष्ट्रिय नागरिक पार्टीले मंगलबार चितवनको भरतपुरमा पार्टी प्रवेश कर्यक्रम सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय अध्यक्ष सुक्र बहादुर गुरुङ्गको अध्यक्षताता सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका नेता ठानेश्वर रिजाल ‘पशुपती’ सहित दर्जन बढी युवाहरुले पार्टी प्रवेश गरेका छन ।

नेता रिजाललाइ पार्टीले केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ । सो अवसरमा बोल्दै रिजालले ६ दशक देखिको काङ्ग्रेस पार्टी संगको सम्बन्ध तोड्दै नया जोशका साथ राष्ट्रिय नागरिक पार्टीमा जोडिएको बताउनु भयो ।
साथै उहाले काङ्ग्रेस वा कम्युनिष्ट पार्टी जुनसुकै भएपनी यिनिहरुबाट मुलुक पार नलाग्ने जिकिर गर्नुभयो ।

पार्टीका केन्द्रिय सह-सचिव आनन्द थापाले सहजीकरण गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवराज घले, सह-महामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु सावित्री थापा, मेघ बहादुर सुनार लगाएतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै पार्टी अध्यक्ष सुक्र बहादुर गुरुङ्गले अबको बैकल्पिक राजनितिक शक्ति आफ्नो पार्टी रहेको भन्दै राष्ट्र जोगाउन र राष्ट्रियताको रक्षा गर्न पार्टी अग्रसर रहेको बताउनु भयो । स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता अत्यावश्यक सेवा प्रवाहमा सरकार संबेदनसिल बन्नु पर्नेमा उहाले जोड दिनुभयो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस