एमाले महाधिवेशन : केही समयपछि गणना हुने

काठमाडौं, १४ मंसिर : 

चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

उक्त मतदानमा दुई हजार एक सय ५३ प्रतिनिधि मध्ये दुई हजार ८१ मत खसेको छ । केही समयपछि मतगणना हुने छ । विद्युतीय मेसिनबाट मतदान भएकाले केही घण्टाभित्रै मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस