म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं, ७ पुष :

म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् ।

काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना बेपत्ता भएका छन् । घटनास्थलमा अहिले उद्धारकार्य जारी छ । –एजेन्सी

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी