सुनको मूल्य ओरालो लाग्दा चाँदी चाहिँ उकालो लाग्यो 

काठमाडौं, ७ पुष :

साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको चाहिँ उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले ओरालो लागेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले उकालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा