देबेन्द्रपुर जगन्नाथपुर सम्पर्क मंचको साधारण सभा सम्पन्न

राजु अधिकारी
२४ पुस, चितवन ।
देबेन्द्रपुर जगन्नाथपुर सम्पर्क मञ्चकाे प्रथम एवं द्वितीय बार्षिक साधारण सभा तथा वनभाेज कार्यक्रम सम्पन्न भएकाे छ ।

बागमती प्रदेशका श्रम राेजगार तथा यातयात मन्त्री घनश्याम दाहाल (अविनास)काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि पाेषराज पाैडेल,दाताराम अधिकारी,मदन पाैडेल,महदत्त काफ्ले,त्रिलाेचन सापकाेटा,भक्तराज पाेखरेल,संञ्जय बराल,झेक बहादुर रानाभाट लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रम उद्घघाटन गर्दै मन्त्री दाहालले पहिलाेपटक चितवनमा सवारीसाधनकाे ट्रायल सेन्टर खाेल्न लागियकाे खुलासा गर्नु भयाे ।साथै भरतपुरमा रहेकाे यातयात सेवा केन्द्र लाई स्तराेन्नती गरिने समेत बताउनु भयाे । 

मञ्चकाे तर्फबाट सम्मानित समेत हुनुभयका मन्त्री दाहालले गाउँमा रहँदाकाे मिठाे स्मरण समेत गर्नुभयाे । विगतमा सँगै खाई खेलेका साथीभाइ छिमेकिहरुकाे भेटघाट गर्ने उद्वेश्यले मञ्च स्थापना गरियकाे मञ्चका सचिव पुर्ण पाेखरेलले बताउनु भयाे।

काेषाध्यक्ष हरि रानाभाटले आर्थिक प्रतिवेदन पेश गर्नुभएकाे कार्यक्रम मञ्चका अध्यक्ष शशी लामिछानेकाे अध्यक्षतामा सम्पन्न भयकाे थियाे ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी