हङकङ सरकारद्वारा नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा

काठमाडौं, ७ चैत्र :

हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न लागिएको हो ।

उडान प्रतिबन्ध हटाउने निर्णय गरिएका देशहरुमा नेपाल पनि परेको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले आज (साेमबार)आगामी अप्रिल १ बाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको हो ।

प्रतिबन्ध हट्ने देशहरुमा नेपाल, अष्ट्रेलिया, क्यानडा, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिका रहेका छन् । त्यस्तै, हङकङ प्रवेश गर्ने विदेशीहरुका लागि क्वारेन्टिनको अवधि पनि ७ दिनमा छोट्याइने भएको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले अप्रिल २१ देखि भने भौतिक दूरीका नियमलाई पनि खुकुलो बनाईने घोषणा गर्नुभएको छ ।

संक्रमणको गति सुस्ताएको र अब विष्फोटक रुपमा संक्रमण फैलिने संभावना न्यून देखिएको भन्दै हङकङले प्रतिबन्धहरु खुकुलो गर्न लागेको हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस