इन्धनको मूल्य फेरी बढ्यो

काठमाडौं, २३ चैत्र :

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै, खाना पकाउने ग्यासको मूल्य समेत प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको छ ।

यसअघि १५ सय ७५ रुपैयाँ रहेको ग्यासको मूल्य अब १६ सय रुपैयाँ पुगेको छ । निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी पनि गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको हो ।

स्वचालित मूल्य प्रणाली लागू भए अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य स्वतः थपघट हुने छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस