काठमाडौं, २९ चैत्र :
नवप्रवेशी गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार व्यहोरेको छ ।
लगातार ३ खेल जितेको गुजरात सोमबार राति भएको खेलमा सनराईजर्स हैदरावादसँग ८ विकटेले पराजित हुँदै पहिलो हार व्यहोरेको हो । गुजरातले दिएको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो ।
हैदरावादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अभिषेक शर्माले ४२, निकोल पुरनले ३४, राहुल त्रिपाठीले १७ तथा एडेन मार्करमले १२ रन बनाए । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । गुजरातका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले ।
यस्तै, अभिनव मनोहरले ३५, म्याथ्यु वेडले १९, डेभिड मिलरले १२ तथा साइ सुदर्शनले ११ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले २/२ तथा मार्को ज्यासन र उमरन मलिकले १/१ विकेट लिए ।





