लियो क्लब अफ नारायणगढ चित्रवनकाे अध्यक्षमा बिमोचन आचार्य निर्वाचित

भरतपुर, १२ बैशाख :
लियो क्लब अफ नारायणगढ चित्रवनको १४औ साधारणसभा तथा शाखा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो बिमोचन आचार्य निर्बाचित भएका छन्। आचार्य सँग बिभिन्न संघ संस्थामा रहेर सफल नेतृत्व गरेको अनुभव छ । उहाँ विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्छ।

साथै प्रथम उपाध्यक्षमा लियो बिनोद भण्डारी , द्धितिय उपाध्यक्षमा लियो आशिस लामिछाने , सचिवमा लियो सुमन श्रेष्ठ , कोषाध्यक्षमा लियो राजु भण्डारी , सह सचिवमा लियो रुविशा अधिकारी , सह कोषाध्यक्षमा लियो बालकृष्ण भण्डारी , जन सम्पर्क अधिकृतमा लियो दिक्षा शर्मा , टेर ट्विस्टरमा अशिम कडेल , टामरमा लियो रोसन अोझा , निर्देशकमा लियो अमृत लामिछाने र लियो धर्म नाथ यादव निर्बाचित भएका छन्।

१४औ साधारणसभा तथा शाखा अधिबेशनमा मनोनयन अधिकृत लियो रमेश कडेल र निर्वाचन अधिकृत लियो सन्दिप पाठक हुनुहुन्थ्यो भने , प्रमुख अतिथिको रुपमा लायन्स क्लब अफ नारायणगढ चितवन लायन बर्ष (२०२१/२२ ) का अध्यक्ष लायन केशवप्रसाद लामिछाने रहनुभएको थियो। साथै अधिबेशनमा लायन्स क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लायन हर्षमान श्रेष्ठ , लायन्स क्लव अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष लायन प्रबिन कुमार श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ आर, नेपालको ( ला. बर्ष २०२२/२३) को जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लियो पुरुषोतम सुवेदी ,
क्लवका पूर्व अध्यक्षहरु प्रवेश गौतम , बिकास पाण्डे , सन्दिप पाठक , प्रवेश बाबु खनाल , रमेश कडेलको उपस्थिति रहेको थियो । लायन बर्ष २०२१-२२
अध्यक्ष लियो सन्तोष सुवेदीको सभापतित्वमा अधिबेशन सम्पन्न भएको थियो ‌।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने