पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, १५ वैशाख :

हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।

आज बिहीबार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा