काठमाण्डौ, ३ जेठ । देशैभरको स्थानिय तहको निर्वाचनमा प्राप्त परिणाम बारे आइतबार राती एमाले अध्यक्ष केपी शर्मा ओलि र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड बिच भेटघाट भएको छ ।
दाहाल ओलिलाई भेट्न राती ९ बजे बालकोट गएको स्रोतले जनाएको छ । भेटमा दाहालले आगामी राजनितीक समिकरण परिवर्तन गरेर केन्द्र र प्रदेशको निर्वाचनमा सङ्गै जान सकिने बारे ओलिको ध्यानाकर्षण गराएको बुझिएको छ ।
ओलि पनि यसबारे सकारात्मक रहेको स्रोतको दाबी छ ।



