भरतपुर, २४ जेठ ।
भरतपुर माडी सडकखण्ड अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार नजिक मंगलबार बाघको आक्रमणबाट एक स्थानियको ज्यान गएको छ । भरतपुर २३ घैलाघारीकि स्थानीय महिला घर नजिकको सामुदायिक वनमा निउरो टिप्न भएका बेला बाघले आक्रमण गरेको थियो ।
उनको घटनास्थलमै ज्यान गएको निकुञ्ज प्रशासनले जनाएको छ । उनी दैनिक गुजारा चलाउँन नियमित वनमा जाने गरेको बुझिएको छ । हाल उनको शव निकाल्न स्थानीय, निकुञ्ज प्रशासन र डोजरको प्रयोग गरिएको छ ।





