प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौं, १९ भदौ :
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो ।

आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने तयारी गरेका छन् ।

सिट बाँडफाँटबारे लामो समयदेखि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै आए पनि सहमति हुन सकेको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस