असोजदेखि शुक्रवार शेयर कारोबार नहुने

काठमाडौं, १९ भदौ :
आउँदो असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जको आज आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो ।

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो ।

सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि गएको जेठदेखि सोमवारदेखि शुक्रवारसम्म शेयर कारोबार गर्न थालिएको थियो । सरकारले दुई दिने बिदाको निर्णय खारेज गरे पनि नेप्सेले भने परीक्षणको रूपमा शुक्रवार दुई घण्टासहित हप्तामा ६ दिन बजार खुला राख्ने निर्णय गरेको थियो ।

 

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस