अर्थ मन्त्रालयद्वारा निर्वाचनको लागि बजेट स्वीकृत

काठमाडौं, २४ भदौ :

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।

अर्थ मन्त्रालयबाट १० अर्ब भित्र रहेर खर्च गर्न स्वीकृति आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगले यसअघि निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको थियो । निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाई भइरहेको छ ।

आयोगका अनुसार हाल सातै प्रदेशका लागि मतपत्र छपाई भइरहेको छ । प्रतिनिधि सभातर्फको मतपत्र भने छपाई सुरु हुन बाँकी छ । प्रत्यक्ष तर्फको मतपत्र भने उमेदवारको टुंगो लगाइसके पछि मात्रै छापिने आयोगले जनाएको छ ।

अर्यालका अनुसार प्रत्यक्ष र समानुपातिक गरी कूल ८ अर्ब मतपत्र छापिने छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा