महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरका मानिस बेलायतमा पुग्ने क्रम जारी

काठमाडौं, २८ भदौ :

बेलयाती महारानी एलिजावेथको अन्त्येष्टिका लागि विश्वभरबाट मानिसहरू बेलायतमा पुग्ने क्रम जारी रहेको छ ।

विश्वका पाँच सय नेताहरू सहभागी हुने अन्त्येष्टिका लागि हेलिकोप्टर प्रयोगमा समेत रोक लगाईएको हो । अन्तिम संस्कारमा सहभागी हुने सबै नेता र उनीहरूका पत्नीहरूलाई हेलिकोप्टर प्रयोग गर्न नदिइने भएको हो ।

सेष्टेम्बर १९ अर्थात असोज ३ गते सोमबार हुन लागेको अन्त्येष्टिका लागि बेलायत आउने विश्वका नेताहरूको सुरक्षाका लागि सबै प्रबन्ध मिलाइएको छ । समारोहमा सहभागी हुने नेताहरूलाई निर्धारण गरिएको समयमा पुग्न अपील गरिएको छ ।

महारानीको शव बुधबार वेष्ट मिन्स्टर ल्याइने भएको छ । साथै स्थानीय समय अनुसार बिहान साढे ६ बजेसम्म वेष्ट मिन्स्टर राखिने भएको छ । अन्त्येष्टिका लागि ३० घण्टा अघिदेखि मानिसहरू लाइनमा बसिसकेका हुने छन् ।

अन्त्येष्टि अवधिभर मोबाइल फोन अफ गर्नुपर्ने छ । साथै भने कुनै पनि पेय पदार्थ लैजान नपाइने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस