देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्ने अध्यक्ष ओलीको जिकिर

काठमाडौं, २८ भदौ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने जिकिर गर्नुभएको छ ।

आज मङ्गलवार पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्‍याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आउँदो चुनावमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याउनुभयो । उहाँले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनावजस्तो नभएर आउँदो चुनाव देशमा समृद्धि ल्याउन, संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण रहेको पनि बताउनुभयो ।

नागरिकले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा