१२ दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

काठमाडौं, २९ भाद्र :

निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो । आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको हो ।

आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् । प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ ।

आयोगले यही असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस