२०७४ सालको समानुपातिकको बन्दसूची भोलिदेखि खारेज हुने

काठमाडौं, ३१ भदौ :

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि असोज १ गतेदेखि खारेज हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको जानकारी दिनुभएको हो । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची आउँदो आइतवार र सोमवार बुझाउने कार्यतालिका छ ।

२०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई अबको बन्दसूचीमा राख्न मिल्ने कि नमिल्ने भन्नेबारे बहस भइरहँदा यसबारे आयोगले प्रष्ट पारेको हो ।

पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भएकाले प्रतिनिधि सभा भोलिदेखि नै अन्त्य गर्ने तयारी पनि भइरहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी