अनशनरत केसी काठमाडौं जान नमानेपछि रित्तै स्काइ ट्रक फर्कियो

काठमाडौं, ४ असोज :

अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. केसी उपचारका लागि काठमाडौं जान नमानेपछि नेपाली सेनाको स्काई ट्रक खाली फर्किएकाे छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे पनि उनी जान अस्वीकार गरेका थिए ।

जिल्ला प्रशासनले कार्यालय कैलालीका अनुसार आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो । प्रशासनले भन्याे, ‘डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियाे।’

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा