कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि हुने

काठमाडौं, २५ असोज :

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन कार्यतालिका सार्वजनिक गरेको हो । पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्म फारम भरिसक्नुपर्नेछ ।

यस्तै, कक्षा ११ को आशिंक र ग्रेड वृद्धि परीक्षा वैशाखको तेस्रो हप्ता र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस