रेञ्जर्समाथि लिभरपुलको फराकिलो जित

काठमाडौं, २७ असोज :

युएफा च्याम्पिएन्स लिगमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलका लागि मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरूआती अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । ५५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दा लिभरपुल ३–१ ले अघि रह्यो ।

खेलको ७६, ८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे । डार्विन नुनेज च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बन्न सफल भएका छन् ।

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ भने समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा