अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुख पावरबीच भेटघाट

काठमाडौं, २७ असोज :

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

यूएसएआडीको मुख्यालय वाशिङ्गटन डीसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो ।

साथै अर्थमन्त्री शर्माले यस अवसरमा आउँदो दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको अमेरिकामा रहेको नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गर्नुभयो ।

यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत पावरले लेख्नुभएको छ, ुतत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।ु यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको यूएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गर्नुभएको छ ।

नेपालको आर्थिक सामाजिक विकासमा यूएसएआइडीको महत्त्वपूर्ण सहयोग रहेको छ । गएको मे महिनामा मात्र त्यस नियोगले आउँदो पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ। रासस

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस