नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि म्याग्दीमा महिला भलिबल र तेक्वान्दो सुरु हुँदै

काठमाडौं, २७ असोज :

म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीमा राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको खुलामञ्चमा भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्डहलमा तेक्वान्दो प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ।

आजदेखि कात्तिक २ गतेसम्म हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरु म्याग्दी पुग्नेछन् ।

महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय तथा एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा