युक्रेनी सेनाले आक्रमण तीव्र बनाएपछि रुसले खर्सोन क्षेत्र खाली गर्दै

काठमाडौं, २८ असोज :

रुसले युक्रेनको दक्षिणी क्षेत्र खर्सोनका स्थानीयबासीलाई अन्यत्र सार्ने भएको छ ।

गत साता रुसले आफूमा गाभेको घोषणा गरेको खर्सोन फिर्ता लिन युक्रेनी सेनाअघि बढेपछि खर्सोनस्थित रुस समर्थित अधिकारीहरूले स्थानीयलाई अन्यत्र जान सुझाव दिएका हुन् । रुसले पनि मानिसहरूको हताहती हुन नदिन उक्त क्षेत्र खाली गराउने बताएको छ ।

रुसी उपप्रधानमन्त्री मरात खुस्नुलिनले एक टेलिभिजनबाट सन्देश दिँदै खर्सोनका बासीन्दालाई आफ्नो सुरक्षाका लागि तयार रहन र रुस वा अन्यत्र जान समेत अनुरोध गर्नुभएको छ । रुसी उपप्रधानमन्त्रीले खर्सोन क्षेत्र छाड्ने मानिसहरुलाई रुसमा निस्शुल्क बसोबास तथा खानाको ब्यवस्था गर्ने समेत बताउनुभएको छ ।

खर्सोन छाड्ने मानिसहरूको पहिलो खेप आज ९शुक्रबार० रुस पुग्ने पनि जनाइएको छ । युक्रेनी सेनाले अमेरिकाले उपब्ध गराएको हिमार रकेटबाट आक्रमण गर्दै अघि बढेको छ । जसका कारण खर्सोन क्षेत्रमा भीषण संघर्ष हुने अनुमानसहित रुसले सर्वसाधारणलाई बाहिर निकाल्ने रणनीति लिएको विश्लेषण समेत गरिएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस