काठमाडौं, २८ असोज :
नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन नेपाल आइपुग्नु भएको छ। अघिल्ला राजदूत र्याण्डी बेरी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि थम्प्सन बिहीबार परिवारसहित नेपाल आइपुग्नु भएको हो।
उहाले केही दिन परिवारसहित नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउनु हुनेछ। नयाँ वातावरणमा अभ्यस्त भइसकेपछि केही दिनमा नेपाल सरकारसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ।





