कांग्रेसको घोषणापत्र पारित

काठमाडौं, २८ असोज :

नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ ।

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा। स्वर्णिम वाग्ले र डा.गोविन्द पोखरेलले घोषणा पत्रको अन्तरबस्तु बारेमा व्याख्या गरेका थिए ।

त्यसपछि कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए । बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना