डलरको भाउ अहिलेसम्मकै उच्च : आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

काठमाडौं, २ कार्तिक :

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा